प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै आजदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालयका महाप्रबन्धक श्री देवानन्द उपाध्यायज्यूले एक समारोहका बिच गर्नु भएको हो ।
 
त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा सञ्चालित बैंकको एटिएमबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले एटिएम प्रयोग गरी सेवा लिन सक्नेछन् । उक्त एटिएमबाट बैंकका ग्राहक महानुभावहरुले अधिकतम लाभ उठाउन सक्ने बैंकको विश्वास रहेको छ ।