मिति २०७४/०५/१० गतेकादिन “Clean and Green Budhanilkantha”  भन्ने नाराका साथप्रभु बैंक लिमिटेडको सहयोगमा बुढानिलकण्ठनगरपालिकातथाप्रभु बैंकको संयुक्तआयोजनामाकाठमाण्डौको बुढानिलकण्ठ नगरपालिकास्थितबाँसवारी देखि गणेशचोकसम्ममुल सडकको दायाँबायाँदुवै किनारामा वृक्षारोपण कार्यक्रम सम्पन्नभएको छ । उक्त वृक्षारोपण कार्यक्रममाबुढानिलकण्ठनगरपालिकानगर प्रमुखश्री उद्धव प्रसाद खरेल र प्रभु बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण गरी कार्यक्रमको उद्धघाट्न गर्नुभएको थियो । 
 
उक्त वृक्षारोपण कार्यक्रममास्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाकाकर्मचारीहरु, प्रभु बैंक लिमिटेडका कर्मचारीहरु तथा स्थानीयबासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । वृक्षारोपण कार्यक्रममानगर प्रमुखश्री उद्धव प्रसाद खरेलले वृक्षारोपण कार्यक्रमको लागिप्रभु बैंकले उपलब्धगराएको सहयोग प्रतिहार्दिकतापुर्वक आभार प्रकट गर्नुभएको थियो । यसै कार्यक्रममामन्तव्य राख्दै प्रभु बैंककाप्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचनले प्रभु बैंकले आप्mनाग्राहकहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवाउपलब्ध गराउनुकाअतिरिक्त सामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्नखालका सामाजिक सहयोग तथा सद्भावयुक्तकार्यक्रमहरुमा योगदानगर्दै आईरहेको र आगामीदिनहरुमापनि सामाजिकउत्तरदायित्वलाई प्राथमिकताका साथनिरन्तरतादिने कुरा जानकारी गराउनुभएको थियो । यस कार्यक्रमाउपस्थित स्थानीयहरु निकै उत्साहितभएकाथिए । वृक्षारोपणले सुन्दर एवं पर्यटकीय नगरी बुढानिलकण्ठको वातावरणलाई हरियालीबनाई पर्यावरण स्वच्छ राख्नथप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।