गुर्जुधारा शाखा सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती :

आज मिति २०७४/४/०८ गते आईतबारका दिन देखि काठमाण्डौको गुर्जुधारामा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । माननीय सभासद श्री राजेन्द कुमार के.सी.ज्यूले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरिएको हो । उक्त शाखा मार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जा संगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष,सुरक्षा निकायका प्रमुख, स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
धन्यवाद ! 


रुकुममा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती :

प्रभु बैंकले UK AID “सक्षम” को सहकार्यमा रुकुममा ४ वटा स्थान रन्मामैकोट,तकसेरा,काक्री र नायगाड प्वाङमा शाखा रहित वैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  
रुकुम शाखाबाट शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित
हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।
 


सिन्धुलीमा नयाँ शाखा सञ्चालन

मिति २०७३/०५/०८ गतेका दिन देखि सिन्धुली बजार सिन्धुलीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष श्री विनेश कुमार श्रेष्ठज्यूले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको हो ।
 
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।  
 


प्रभु बैंक लिमिटेडले शैक्षिक कर्जा उपलब्ध गराउने

मिति २०७३ भाद्र ०६ गतेका दिन प्रभु बैंक लिमिटेड र काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १४ कालिमाटी स्थित काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेज (KEC) का बिच काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भयो । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका तर्फबाट प्रबन्ध निर्देशक श्री राजेन्द्र शाक्यले हस्ताक्षर गर्नुभयो । बैंक र कलेज बिच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा ईञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले बैंकबाट अधिकतम् रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) सम्मको शैक्षिक कर्जा सरल रुपमा उपभोग गर्न सक्नेछन् । 
 
सम्झौता अनुसार प्रति विद्यार्थी अधिकतम् रु. ३ लाख रुपैयाँ सम्मकर्जा उपभोग गर्न पाउने यस कर्जा स्कीम अन्तर्गत कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आप्mना एस. एल. सि. देखिकासबै सक्कल शैक्षिक प्रमाण पत्रहरु बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार ४ वर्ष भित्र चुक्ता भुक्तान गरी सम्बन्धित विद्यार्थीले सक्कल शैक्षिक प्रमाण पत्रहरु फिर्ता लैजान सक्नेछन् । 
 
उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आप्mना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको आर्थिक कठिनाईलाई मध्येनजर गरी शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको छ । बैंकले शुरुआत गरेको शैक्षिककर्जा स्कीमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई महशुस गर्नु भएका विद्यार्थीहरुलाई अधिकतम् लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।