प्रभु बैंकलि. को नयाँशाखाकार्यालय सञ्चालन सम्बन्धी प्रेश विज्ञप्तीः

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमारहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा  पुर्याउने उद्देश्यका साथप्रभु बैंकले गुल्मीजिल्लाको रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमाआजदेखि नयाँशाखाकार्यालय खोलीसञ्चालनमाल्याएको छ । 
 
गुल्मीजिल्लाको रुरु गाउँपालिकावडा नं. ४, रानीबास, बलेटक्सारमाप्रभु बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचनज्यूको सभापत्विमाआयोजित एक समारोहमामाननीय परराष्ट्र मन्त्रीश्री प्रदिपकुमार ज्ञवालीज्यूले प्रभु बैंकको रानीबास शाखाकार्यालयकोसमुद्घाटन गर्नुभएको हो ।रानीबासशाखाकार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारकापुर्व मुख्य सचिवएवं छिमेकी देश चीनकालागि नेपाली राजदुतमहामहिमश्री लिलामणी पौडेलज्यू र रुरु गाउँपालिकाकाअध्यक्षश्री निलकण्ठ गौतमज्यू विशिष्ट अतिथिका रुपमाहुनुहुन्थ्यो । बैंकले रानीबासशाखाकार्यालयसमुद्घाटनकोउपलक्ष्यमाविपन्नवर्ग, महिलाउद्यमीतथाभूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियतब्याजदरको कर्जा उपलब्ध गराएको छ ।गुल्मीजिल्लास्थितबैंकको रानीबास शाखाकार्यालयउद्घाटन कार्यक्रममागुल्मीजिल्लाकाविभिन्नसरकारी कार्यालयकाप्रतिनिधिहरु, विभिन्न राजनैितकदलकाप्रतिनिधिहरु, उद्योग वाणिज्य संंघकापदाधिकारीहरु, विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु,स्थानीयसमाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यावसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेकोथियो । 
 
आजदेखि सञ्चालनमाआएकोप्रभु बैंकको गुल्मीजिल्लास्थितरानीबासशाखाकार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र रुरु गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
 
...................................
अशोक शेरचन
प्रमुखकार्यकारी अधिकृत
मिति २०७५/०९/१५


बारपाक शाखा कार्यालय सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती :

आज मिति २०७५/०९/१४ गते शनिबारका दिन गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा बैंकको बारपाक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । भुतपूर्व उप–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्री नारायणकाजी श्रेष्ठज्यूबाट एक समारोहका विच बैंकको बारपाक शाखा कार्यालयको समुद्घाटन भएको हो । 
बारपाक शाखा कार्यालय समुदघाटन समारोहमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै श्री नारायणकजी श्रेष्ठज्यूले २०७२ सालको महाभुकम्पबाट अति प्रभावित बारपाक सुलिकोट गाउँपालिकामा आप्mनो शाखा कार्यालय खोलेर  सर्वसाधारणहरुलाई गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराई प्रभु बैंकले प्रशंसनीय कार्य गरेको एवं यहाँका सम्पूर्ण संघ संस्था लगायत सर्वसाधारणहरुलाई प्रभु बैंकको अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्राप्त भएको बताउनुभयो । शाखा कार्यालय उद्घाटन समारोहमा विशेष अतिथिका रुपमा आमन्त्रित नेपाल पुननिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत श्री शुसिल ज्ञवालीज्यूले २०७२ सालको महाभूकम्पको केन्द्रविन्दु रहेको यस बारपाक सुलिकोट गाउँपालिकामा भूकम्प पिडितहरुलाई प्राथमिकताका साथ सहुलियत ब्याजदरमा भूकम्प पिडित कर्जा प्रवाह गर्ने उद्देश्यले आप्mनो शाखा कार्यालय विस्तार गरेकोमा प्रभु बैंक प्रति हार्दिक आभार प्रकट गर्दै प्रभु बैंकले नेपाल पुननिर्माण प्राधिकरणको कार्यमा सहयोगीको भुमिका निर्वाह गरेको बताउनुभयो । उद्घाटन समारोहमा आप्mनो मन्तव्य राख्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले समृद्ध नेपाल सुखी नेपाली भन्ने नेपाल सरकारको मुख्य लक्ष्यलाई प्रभु बैंकले बैंकिङ्ग सेवा मार्पmत् योगदान पुर्याउने अठोट गरे अनुसार बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका आम सर्वसाधारणहरुलाई बैंकिङ्ग प्रणालीमा ल्याउन गाउँगाउँमा पुगेर शाखा कार्यालय स्थापना गरिरहेको बताउनुभयो । 
 
उक्त अवसरमा नेपाल राष्ट्र बैंकबाट जारी सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत विभिन्न ५ जना भुकम्प पिडितहरुलाई बैंकको तर्पmबाट सहुलियत ब्याजमा भुकम्प पिडित घरकर्जा स्वीकृत गरी प्रमुख अतिथिज्युबाट सम्बन्धित भुकम्प पिडितहरुलाई हस्तान्तरण गरिएको थियो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यवसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । 
 
आजदेखि सञ्चालनमा आएको बैंकको बारपाक शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र सुलिकोट बारपाक गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।  
धन्यवाद ! 
.......................
अशोक शेरचन
प्रमुख कार्यकारी अधिकृत
मितिः २०७५/०९/१४
 


प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टरहरु सञ्चालन सम्बन्धी प्रेश विज्ञप्तीः

नेपालभारत सीमामा रहेका७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवाउपलब्ध गराउने लक्ष्य सहितप्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमाल्याएको छ । झापााको भद्रपुर, सुनसरीको कोशीब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले आजदेखि एक्स्टेन्सन काउण्टरहरुसञ्चालनमाल्याई सेवाप्रारम्भ गरेको छ । 
 
भन्सार विभागकामहानिर्देशकश्रीतोयम रायाज्यूबाट एक समारोहकाविचबैंकको जलेश्वर भन्सार राजश्व संकलन काउण्टर समुद्घाटन भयो । त्यसैगरी अन्यभन्सार कार्यालयका एक्स्टेन्सन काउण्टरहरु सम्बन्धितभन्सार कार्यालयका प्रमुखज्यूहरुबाट समुद्घाटन भएको हो । 
 
नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमाआएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धितभन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमाआयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजश्व संकलनको आंकाडामा वृद्धि हुनजाने तथा स्थानीय सेवाग्राहीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् । यसका साथै नेपाल सरकारको राजश्व संकलनप्रक्रियामापनि टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । 
 
धन्यवाद!
 


७ वटा भन्सारमा प्रभु बैंकको काउण्टर ।

नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपालभारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमाप्रभु बैंकले काउण्टर खोली बैंकिड. कारोवार शुरु गर्ने सम्बन्धी सम्झौंतामाआज एक कार्यक्रमकाबीचभन्सार बिभागकामहानिर्देशकश्री तोयम राया र प्रभु बैंककाप्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचनबीचहस्ताक्षर सम्पन्नभएको छ । 
 
झापाको भद्रपुर, सुनसरीको कोशीव्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले अर्को हप्ता देखि बैंकको काउण्टरहरु संचालनमाल्याई सेवाप्रारम्भ गर्नेछ । 
 
नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट भारतसंगको सिमानामा संचालनमाआएकाउक्तभन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमाआयातनिर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको छ । 
 
बैंकको सेवाप्रारम्भ भएसंगै उक्त क्षेत्रकाउद्योगी, व्यापारी एवं आयातनिर्यातकर्ताहरुले सरलरुपमा बैकिड. सेवाहरु प्राप्तगर्नेछन । साथै नेपाल सरकारको राजस्व संकलनप्रक्रियामापनि यसबाट टेवापुग्ने बिश्वास बैंकले लिएको छ । 
 


प्रभु बैंकको २ वटा शाखा कार्यालय सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ्ग जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी आज देखि २ वटा नयाँ शाखाकार्यालयहरु सञ्चालनमा ल्याएको छ । 
 
आजदेखि सञ्चालनमा आएका मुस्ताङ्ग जिल्ला स्थित बैंकको लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । यी दुइ शाखाहरुसंगै मुस्ताङ्ग जिल्लाको सवै गाँउपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ्ग पहुच पुगेको छ ।
 
 
धन्याद !
 
अशोक शेरचन
प्रमुखकार्यकारी अधिकृत
मिति २०७५/०५/२०
 


थानकोट शाखा कार्यालय सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती :

आज मिति २०७५/०७/१२ गतेका दिन देखि काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिका स्थित थानकोटमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । बागमती डिलर्स एशोसिएसनका अध्यक्ष श्री अच्युतबहादुर खडकाज्यूले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो। थानकोटमा रहेको नेपाल आयल निगमको डिपोलाई मध्येनजर गरी बैंकले थानकोट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। 
 
थानकोटस्थित बैंकको शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बागमती पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष श्री अच्युतबहादुर खडकाले आप्mनो मन्तव्यका क्रमममा पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुले आयल निगमलाई दिनुपर्ने रकम प्रभु बैंकको थानकोट शाखामा रहेको नेपाल आयल निगमको खातामा प्रभु बैंकको जुनसुकै शाखा कायालयबाट निशुल्क रुपमा जम्मा गर्न सकिने हुँदा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरुलाई कारोबारमा सहज भएको व्यहोरा व्यक्त गर्नुभयो । आजदेखि सञ्चालनमा आएको बैंकको थानकोट शाखा कार्यालयबाट बागमती अञ्चल भरीका पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, र उद्यमी व्यवसायीहरुले पनि आप्नै टोल छिमेकमै रहेको प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् । 
 
बैंकको थानकोट शाखा कार्यालयबाट स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरु, उद्यमी व्यवसायहरु लगायतले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।  
 
धन्यवाद ! 
 
 
अशोक शेरचन
प्रमुख कार्यकारी अधिकृत
 
मितिः २०७५/०७/१२


प्रभु बैंकको २ वटा शाखा कार्यालय सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती

 
संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ्ग पहुँचबाट टाढा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ्ग जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी आज देखि २ वटा नयाँ शाखाकार्यालयहरु सञ्चालनमा ल्याएको छ । 
 
आजदेखि सञ्चालनमा आएका मुस्ताङ्ग जिल्ला स्थित बैंकको लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । यी दुइ शाखाहरुसंगै मुस्ताङ्ग जिल्लाको सवै गाँउपालिकाहरुमा प्रभु बैकको शाखाहरुबाट बैकिङ्ग पहुच पुगेको छ ।
 
 
धन्याद !
...................................
अशोक शेरचन
प्रमुखकार्यकारी अधिकृत
मिति २०७५/०५/२०
 


प्रभु बैंकको २ वटा शाखाकार्यालय सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती

 
संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमाबैंकिङ्ग पहुँचबाट टाढा रहेकासेवाग्राहीहरुलाई सरल र सहज रुपमागुणस्तरीय बैंकिङ्ग सेवाउपलब्ध गराउने लक्ष्य सहितप्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत म्याग्दीजिल्लाको अन्नपूर्ण गाउँपालिकामा १ र मंगलागाउँपालिकामा१ गरी आज देखि२ वटा नयाँशाखाकार्यालयहरुसञ्चालनमाल्याएको छ । म्याग्दीजिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ६, पोखरेबगरस्थितबैंकको अन्नपूर्ण शाखा अन्नपूर्ण गाउँपालिका वडानं. ६ का वडाअध्यक्षश्री कृष्णप्रसाद बरुवालज्यूबाटएक समारोहकाविचसमुद्घाटन भएको हो । त्यसैगरी म्याग्दीजिल्लाकै मंगलागाउँपालिका वडा नं. २, बाबियाचौरस्थितबैंकको मंगलाशाखामंगलागाउँपालिकाकाअध्यक्षश्री सत प्रसाद रोकाज्यूबाट समुद्घाटन भएको हो ।
 
बैंकको अन्नपूर्णतथामंगलाशाखाकार्यालय उद्घाटन कार्यक्रममाम्याग्दीजिल्लास्थितविभिन्नसरकारी कार्यालयकाप्रतिनिधिहरु, विभिन्न राजनैतिकदलकाप्रतिनिधिहरु,उद्योग वाणिज्य संंघकापदाधिकारीहरु, विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु,स्थानीयसमाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यवासायी, बुद्धिजिवी लगायतठूलो संख्यामासर्वसाधारणको उपस्थिति रहेकोथियो । दुवै शाखाकार्यालय उद्घाटन कार्यक्रमकाप्रमुखअतिथीज्यूहरुले उद्घाटन मन्तव्य राख्ने क्रममाप्रभु बैंकले गाउँपालिकामैशाखाकार्यालय सञ्चालनमाल्याएर बैंकिङ्गपहुँचभन्दाबाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवाउपलब्धगराउनलागेकोमाप्रशंसा गर्दै अबगाउँपालिकाका हरेक नागरिकले आप्mनो घर दैलोबाट प्रभु बैंकको बैंकिङ्ग सेवाउपभोग गर्न सक्ने वातावरण बनेको तथा स्थानीय सर्वसाधारणहरु बैंकिङ्ग सेवाको लागिलामो यात्रा तय गर्नुपर्ने बाध्यताबाट मुक्तभएको बताउनु भयो ।
 
आजदेखि सञ्चालनमाआएकाबैंककाम्याग्दीजिल्लाको अन्नपूर्ण शाखाकार्यालय रमंगलाशाखाकार्यालयबाट त्यहाँका स्थानीयसेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
 
 
मिति २०७५/०४/१६
 


Eye Camp-press release

                     प्रभु बैंक लि. र नेपालआँखा अस्पताल बीचआँखाशिविर सञ्चालनगर्ने सम्झौता सम्बन्धी प्रेस विज्ञप्ती
 
प्रभु बैंक लिमिटेडले आप्mनो स्थापनाकालदेखि नै संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत देशकाविभिन्नभाग र क्षेत्रहरुमासमाजसेवीभावनाउजागर गर्दै विभिन्नसमाजपयोगीक्रियाकलापहरुलाई निरन्तरतादिँदै आईरहेको छ । यसै क्रममाप्रभु बैंक र काठमाण्डौ, त्रिपुरेवश्वरस्थितनेपालआँखा अस्पतालका विचआँखाशिविर सञ्चालनगर्ने सम्बन्धी एक सम्झौतामादुवै पक्षकापदाधिकारीहरुबाट हस्ताक्षर भएको छ । आज सम्पन्नआँखाशिविर सञ्चालन सम्बन्धी सम्झौता–पत्रमाप्रभु बैंकको तर्पmबाट प्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचन र नेपालआँखा अस्पतालकोतर्पmबाट प्रमुखकार्यकारी अधिकृत श्री दमनबहादुर घलेले एक समारोहकाविचहस्ताक्षर गर्नुभएको हो ।

आज सम्पन्न सम्झौताअनुसार प्रभु बैंक लि. को आर्थिक सहयोगमानेपालआँखा अस्पतालसँगको सहकार्यमाभौगोलिकविकटताले पर्याप्त स्वास्थ्य सेवापुग्ननसकेको ठाँउका आर्थिक रुपले निम्नस्तरकाआँखाकाविरामीहरुलाई लक्षित गरी आँखाशिविर सञ्चालनगरिने छ । उक्तआँखाशिविरभौगोलिकतातथामौसम अनुकुलतालाई मध्येनजर गर्दै आगमी२०७५ चैत्र मसान्तभित्रसम्पन्नगरिसक्ने कार्यक्रम रहेको छ । उक्तआँखाशिविरमा सहभागिताजनाइसम्बन्धित क्षेत्रकासर्वसाधारणहरुले आँखाजाँच गराउनुका साथै,आँखाका जटिलविरामीहरुले पनिसफलउपचार गराउन सक्नेछन्् । पहिलो चरणमा काठमाण्डौ,ललितपुर,काभे्र र धादिङ्गजिल्लाका विकट ठाउँमा सञ्चालनगरिने उक्तआँखाशिविरमालगभग १,००० जनाआँखाकाविरामीहरुको सफलउपचार गरिने लक्ष्य रहेको छ । बैंकको आप्mनो सामाजिकउत्तरदायित्वअन्तर्गत सञ्चालनगर्नलागिरहेको यस आँखाशिविरबाट सम्बन्धित क्षेत्रका सर्वसाधारण एवंभौगोलिक विकटता तथाविपन्नआयस्तरकाकारण लामो समय देखि उपचार नपाईरहेकाव्यक्तिहरुले समेत अति संवेदनशीलआँखारोगको सफलउपचार गराई लाभान्वितहुन सक्नेछन् भन्ने बैंकले विश्वाशलिएको छ ।

धन्यवाद !
 


गुर्जुधारा शाखा सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती :

आज मिति २०७४/४/०८ गते आईतबारका दिन देखि काठमाण्डौको गुर्जुधारामा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । माननीय सभासद श्री राजेन्द कुमार के.सी.ज्यूले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा शाखा खोल्ने क्रममा उक्त स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधा सहितको अत्याधुनिक शाखा स्थापना गरिएको हो । उक्त शाखा मार्फत काठमाण्डौ क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्था,लगायत सर्वसाधारणहरुले बचत,कर्जा संगै अन्य बैंकिङ्ग सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष,सुरक्षा निकायका प्रमुख, स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
धन्यवाद ! 


रुकुममा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन सम्बन्धी प्रेश विज्ञप्ती :

प्रभु बैंकले UK AID “सक्षम” को सहकार्यमा रुकुममा ४ वटा स्थान रन्मामैकोट,तकसेरा,काक्री र नायगाड प्वाङमा शाखा रहित वैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  
रुकुम शाखाबाट शाखा रहित बैंकिङ्ग सेवा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित
हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।
 


सिन्धुलीमा नयाँ शाखा सञ्चालन

मिति २०७३/०५/०८ गतेका दिन देखि सिन्धुली बजार सिन्धुलीमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । सिन्धुली उधोग वाणिज्य संघका अध्यक्ष श्री विनेश कुमार श्रेष्ठज्यूले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभएको हो । मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये बनेपा शाखा कार्यालयलाई सिन्धुलीमा स्थानान्तरण गरिएको हो ।
 
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।  
 


प्रभु बैंक लिमिटेडले शैक्षिक कर्जा उपलब्ध गराउने

मिति २०७३ भाद्र ०६ गतेका दिन प्रभु बैंक लिमिटेड र काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १४ कालिमाटी स्थित काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेज (KEC) का बिच काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भयो । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन र काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजका तर्फबाट प्रबन्ध निर्देशक श्री राजेन्द्र शाक्यले हस्ताक्षर गर्नुभयो । बैंक र कलेज बिच सम्पन्न द्धिपक्षीय सम्झौता बमोजिम काठमाण्डौ ईञ्जिनियरिङ्ग कलेजमा ईञ्जिनियरिङ्ग संकाय अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले बैंकबाट अधिकतम् रु. ३,००,०००।– (तीन लाख रुपैयाँ) सम्मको शैक्षिक कर्जा सरल रुपमा उपभोग गर्न सक्नेछन् । 
 
सम्झौता अनुसार प्रति विद्यार्थी अधिकतम् रु. ३ लाख रुपैयाँ सम्मकर्जा उपभोग गर्न पाउने यस कर्जा स्कीम अन्तर्गत कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आप्mना एस. एल. सि. देखिकासबै सक्कल शैक्षिक प्रमाण पत्रहरु बैंकमा बुझाउनु पर्नेछ । शैक्षिक प्रमाण पत्रको आधारमा उपलब्ध गराईने शैक्षिक कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिका अनुसार ४ वर्ष भित्र चुक्ता भुक्तान गरी सम्बन्धित विद्यार्थीले सक्कल शैक्षिक प्रमाण पत्रहरु फिर्ता लैजान सक्नेछन् । 
 
उच्च शिक्षा हासिल गर्नको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक पर्ने सम्पूर्ण बैंकिङ्ग सेवा आप्mना सबै शाखा कार्यालयहरुबाट प्राथमिकताका साथ उपलब्ध गराउँदै आएको प्रभु बैंकले स्वदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुको आर्थिक कठिनाईलाई मध्येनजर गरी शैक्षिक कर्जा स्किम सञ्चालनमा ल्याएको छ । बैंकले शुरुआत गरेको शैक्षिककर्जा स्कीमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई महशुस गर्नु भएका विद्यार्थीहरुलाई अधिकतम् लाभ पुग्ने बैंकले विश्वास लिएको छ ।