प्रभु बैंकलि. को नयाँशाखाकार्यालय सञ्चालन सम्बन्धी प्रेश विज्ञप्तीः
June 29, 2020
संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमारहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथप्रभु बैंकले गुल्मीजिल्लाको रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमाआजदेखि नयाँशाखाकार्यालय खोलीसञ्चालनमाल्याएको छ ।
गुल्मीजिल्लाको रुरु गाउँपालिकावडा नं. ४, रानीबास, बलेटक्सारमाप्रभु बैंक लिमिटेडका प्रमुखकार्यकारी अधिकृत श्री अशोक शेरचनज्यूको सभापत्विमाआयोजित एक समारोहमामाननीय परराष्ट्र मन्त्रीश्री प्रदिपकुमार ज्ञवालीज्यूले प्रभु बैंकको रानीबास शाखाकार्यालयकोसमुद्घाटन गर्नुभएको हो ।रानीबासशाखाकार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारकापुर्व मुख्य सचिवएवं छिमेकी देश चीनकालागि नेपाली राजदुतमहामहिमश्री लिलामणी पौडेलज्यू र रुरु गाउँपालिकाकाअध्यक्षश्री निलकण्ठ गौतमज्यू विशिष्ट अतिथिका रुपमाहुनुहुन्थ्यो । बैंकले रानीबासशाखाकार्यालयसमुद्घाटनकोउपलक्ष्यमाविपन्नवर्ग, महिलाउद्यमीतथाभूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियतब्याजदरको कर्जा उपलब्ध गराएको छ ।गुल्मीजिल्लास्थितबैंकको रानीबास शाखाकार्यालयउद्घाटन कार्यक्रममागुल्मीजिल्लाकाविभिन्नसरकारी कार्यालयकाप्रतिनिधिहरु, विभिन्न राजनैितकदलकाप्रतिनिधिहरु, उद्योग वाणिज्य संंघकापदाधिकारीहरु, विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु,स्थानीयसमाजसेवी, भद्रभलाद्मी, व्यापारी, व्यावसायी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेकोथियो ।
आजदेखि सञ्चालनमाआएकोप्रभु बैंकको गुल्मीजिल्लास्थितरानीबासशाखाकार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुनेछन् र रुरु गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
...................................
अशोक शेरचन
प्रमुखकार्यकारी अधिकृत
मिति २०७५/०९/१५